राष्ट्रपति पाउँदा पनि धोका नदिएको मान्छे हुँ- माधव नेपाल - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

राष्ट्रपति पाउँदा पनि धोका नदिएको मान्छे हुँ- माधव नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले राष्ट्रपति पद पाउँदा पनि धोका दिने ढङ्गले अघि बढ्न नचाहेको बताएका छन्।

उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए।

शुक्रबार पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको दाबी गर्दै चाहेको भए राजनीतिक कोर्स परिवर्तन गर्न सक्ने बताए।

उनले भने, ‘‘हामीले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं। तर, एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन। कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो। राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन। मैले धोका दिने ढङ्गले अघि बढ्न चाहिनँ।’’

उनले आफूले राष्ट्रपतिको लोभ त्यागेकाले पनि पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताए।