नागरिकता विधेयकको 'इफेक्ट'- राष्ट्रपतिले डाकिन् पूर्वआइजीपी र एआइजी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नागरिकता विधेयकको ‘इफेक्ट’- राष्ट्रपतिले डाकिन् पूर्वआइजीपी र एआइजी



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्न लागेकी छन्।

उनले पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलका लागि बिहीबार शीतल निवास बोलाएकी हुन्।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दिउँसो साढे ३ बजे पूर्वआइजीपी र एआइजीहरूलाई छलफलका लागि बोलाएका छन्।

‘राष्ट्रपतिज्यूले पूर्वआइजीपी र आएआइजीलाई भोलि साढे ३ बजे छलफलका लागि बोलाउनु भएको छ,’ एक पूर्वएआइजीले भने,‘छलफलका विषयवस्तुबारे भनिएको छैन।’

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता गर्नुअघि पनि सेनाका पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी थिइन्।

भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनले हुबहु पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालय पठाएको छ।