राष्ट्रपतिले किन भनिन सभामुखलाई ‘माननीय’ ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपतिले किन भनिन सभामुखलाई ‘माननीय’ ?



काठमाडौं – संसदमै गएर राष्ट्रपति बिद्यादेबी भण्डारीले सभामुखलाई ‘माननीय’ भनेर सम्बाेधन गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ शब्दले सम्बोधन गरेकी हुन् ।

शुक्रवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ भनेर सम्बोधन शुरू गरेकी थिइन् ।

गतवर्ष सरकारका नीति कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्टिय सभाका अध्यक्ष भनेर मात्र सम्बोधन गरेकी थिइन् । सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा नेपाली कांग्रेसले विरोध जनाएको थियो ।

राष्ट्रपति भण्डारीले संसद सदस्यलाई पनि ‘माननीय’ सम्बोधन गरिन् । संविधानमा राष्ट्रपति, उपराष्ट्रति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘सम्माननीय’ सम्बोधन गरिन्छ । वरियतामा आफूभन्दा तल रहेका सभामुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्माननीय’ सम्बोधन गर्ने गरेका छन् ।