संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैन
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीसँग भेटेको विषयमाथि प्रश्न उठाएका छन् ।
नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उनले उनले जनाएका छन् ।
‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’
राष्ट्रपतिले बुधबार आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीसँग भेटवार्ता गरेको समाचार बाहिर आएको थियो ।