हेलिकोप्टर विवादबारे राष्ट्रपतिले मुख खोलिन - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हेलिकोप्टर विवादबारे राष्ट्रपतिले मुख खोलिन



हेलिकोप्टर खरिदलगायतका विषयलाई लिएर विवादित बनाएको भन्दै राष्ट्रपति विद्या भण्डारीले असन्तुष्टी पोखेकी छिन् । पछिल्ले समय हेलिकोप्टर खरिद र नेपाल प्रहरीको तालिम केन्द्र सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई लिएर उनी असन्तुष्ट बनेकी हुन् ।

बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका सबै निकायलाई विवादित बनाउने र आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने काम गरेको बताइन् ।

‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु हुँदै आएका छन्, यसबाट न्यायपालिका पनि अछुतो छैन,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘व्यक्तिको आचरणलाई जोडेर समग्र संस्थाको मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी देखिन्छ ।’