राष्ट्रपति भण्डारी फेरी विवादित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपति भण्डारी फेरी विवादित



काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा फेरी बिबादित बनेकी छन् । यसै बिषयले राजनीति र बौद्दिक तहमा तरङ्ग पैदा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल तातेको छ । तर, सरकारका नीति र कार्यक्रमलाई लिएर भने होइन ।

राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि यसमाथि बहस भएको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । जानकारहरुले पनि यो अभ्यास लोकतन्त्रमा नभएको बताएका छन् ।

राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन मात्र गर्ने हुन् । सबै मन्त्रालयहरुसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले यो भाषण फाइनल गर्छ । यसलाई क्याबिनेट वैठकबाट पारित गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ । यसको भाषागत सुद्दता हेर्ने अवसर राष्ट्रपति र उनको टिमसँग हुन्छ । त्यसैले राष्ट्रपतिको जानकारी बिना यो शब्द प्रयोग भयो भन्न मिल्दैन ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार रहेका पत्रकार राजेन्द्र दाहाल राष्ट्रपतिले संसदमा वाचन गर्नुअघि राम्ररी अध्ययन गर्ने गरिएको बताउँछन् ।

उनले ‘अहिलेको प्रचलन मलाई थाहा भएन । तर, म सल्लाहकार हुँदा राष्ट्रपति ज्यूले नीति तथा कार्यक्रम वाचन गर्नुअघि पटकपटक पढ्नुहुन्थ्यो । हरेक शब्दहरुको लेखाजोखा गर्नुहुन्थ्यो ।’

उनले आफूलाई सम्झना भएसम्म डा. यादवबाट ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग नभएको बताए ।

‘कतै झुक्किएर वा चिप्लिएर त्यस्तो भनिएको भए अलग कुरा । तर मेरो सम्झनामा ‘मेरो सरकार ‘भन्ने गरिएको थिएन । राजाले जसरी राष्ट्रपतिले त्यस्तो भन्न पटक्कै मिल्दैन । यो गलत अभ्यास हो ।’ उनले भने ।

गल्ति जसको भए पनि यसमा राष्ट्रपति पुन एकपटक आलोचित बनेकी छन् ।