राष्ट्रकविलाई अमेरिकी दूतावासले यसरी दियो शुभकामना - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

राष्ट्रकविलाई अमेरिकी दूतावासले यसरी दियो शुभकामना



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभकामना दिएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘‘१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् । सुस्वास्थ्य र  दीर्घायुको मङ्गलमय शुभकामना ।’’

यस्तै नेपालस्थित अमेरिकी दूतावासले पनि राष्ट्रकवि घिमिरेलाई शुभकामना दिएको छ । दूतावासले ट्विट गर्दै भनेको छ, ‘‘नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई १०१ औं जन्मोत्सवको अवसरमा बधाई तथा दीर्घ अनि सकृय जीवनको शुभकामना ।’’