राष्ट्रकवि घिमिरेको उपचार सरकारले गर्ने ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राष्ट्रकवि घिमिरेको उपचार सरकारले गर्ने !



प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका हुन्।

राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत घिमिरेको उपचार गर्ने प्रतिबद्वता व्यक्त गरे।अस्पतालबाटै ओलीले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत लिएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उहाँको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी दिए।

उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएको छ। राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचार गरिरहेका छन्। आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उनको उपचार हुँदै आएको छ।