राष्ट्र बैंकका सञ्चालकले नै गर्छन् बार्गेनिङ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राष्ट्र बैंकका सञ्चालकले नै गर्छन् बार्गेनिङ



पछिल्लो समय लगातार विवादमा एको नेपाल राष्ट्र बैंकका थप बार्गेनिङका तथ्य खुल्न थालेका छन् । राष्ट्र बैंकका सञ्चालकले नै बार्गेनिङ गरेको आरोप लागेको छ । राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको छ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले मुलुकको ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करीब ३६ लाख रुपैयाँ) घूस मागेको आरोप लागेको छ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा. सुबोधकुमार कर्णले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग यस्तो बार्गेनिङ गरेको खुलेको हो । प्रबन्ध निर्देशक निर्वाण प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विनोद चौधरीका छोरा हुन्।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक दुवै स्रोतले यसको पुष्टि गरेको छ। यो घूस प्रकरणको विषयमा अर्थ मन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा जानकार भए पनि अहिलेसम्म कर्णमाथि कारबाहीको प्रक्रिया शुरू भएको छैन।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थ मन्त्री शर्माले राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले घूस मागेको कुरा आफूले सुनेको बताएका थिए। केन्द्रीय बैंकका ती सञ्चालकले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको तर आफूलाई त्यसको आधिकारिकता भने थाहा नभएको अर्थ मन्त्रीको कथन थियो।