आजको तपाइको राशिफल: शुभदिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आजको तपाइको राशिफल: शुभदिन



२०७५, ज्येष्ठ १५ गते मंगलबारको राशिफल

मेषः दिन प्रतिकूल छ । अनावश्यक घमण्ड बढ्नेछ । मन विथोलिन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ ।

वृषः दिन अत्युत्तम छ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ ।

मिथुनः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । शरीर चुस्त रहनेछ । कामप्रति जोश जाँगर बढ्नेछ । आत्मबल बढ्नेछ ।

कर्कटः दिन उचित छ । मनमा चिन्ता कम हुनेछ । बुद्धिर्वधक काम हुनेछ । शरीर पनि तन्दुरुस्त हुनेछ । प्रतिस्पर्धा सार्थक हुनेछ ।

सिंहः दिन प्रतिकूल छ । काम गर्ने अनुकूल वातावरण देखिदैन । हरेक कामप्रति सचेतताको खाँचो रहनेछ । मनमा भय पैदा हुनेछ ।

कन्याः दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । साथीभाइ भेटिनेछन् ।

तुलाः दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । स्वास्थ्य पनि सबल रहनेछ ।

वृश्चिकः दिन भाग्यवर्धक छ । उच्चस्तरीय व्यक्तिसँग भेटघाट हुनेछ । विद्यामा प्रगति हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । घमण्ड हानिकारक रहन सक्नेछ ।

मकरः दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कार्यसम्पादनमा गति थपिनेछ मनमा सन्तोष मिल्नेछ ।

कुम्भः दिन अनुकूल छ । आटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीनः दिन ठिक छ । धर्मकर्ममा रुचि बढ्नेछ । सहयोग पाइनेछ । शरीर पनि स्वस्थ रहनेछ । मुख्य काम हात लाग्नेछ ।