१६ वर्षीया किशोरी क्याफेमै भइन बलात्कृत
ललितपुर- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका बिशाल तिमिल्सिनालाई ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको खबर पश्चात महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।