फूल रोपेर राजनीतिलाई सुगन्धित बनाउन हो : रञ्जु दर्शना - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

फूल रोपेर राजनीतिलाई सुगन्धित बनाउन हो : रञ्जु दर्शना



नेपालगन्ज ।

विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् ।

उक्त पार्टीले शुक्रबार यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भनिन्, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन पूmल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।”

“राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पुर्याए, फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाले भनिन्, “लोकतन्त्र ल्याउने पार्टी र त्यसका नेताले राजनीतिमा लुटतन्त्र पनि भित्रयाए फलस्वरुपः मुलुकमा विकास भएन, अराजकता बढ्यो, दिन प्रतिदिन हामी नेपाली पछौटेपनमा बाँच्न बाध्य भयौँ ।”

विवेकशील साझा पार्टीका तर्पmबाट बाँके क्षेत्र नं को २ ख का उम्मेदवार डा विनोद कर्ण, क्षेत्र नं १ को क का उम्मेदवार दयाराम थारु र ख का उम्मेदवार ज्योति परियारले आफुहरुले चुनाव जितेमा राजनीतिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्ने विश्वास दिलाए ।