ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्: रञ्जित राय - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्: रञ्जित राय



ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्

रञ्जित राय, नेपालका लागि पूर्वभारतीय राजदूत

हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको छ । यसले पनि के दर्शाउँछ भने दुई देशबीचको सम्बन्ध कति महत्वपूर्ण छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीजीको सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने अभियान आफ्नो सबका साथ सबका विकास भन्ने अभियानसँग परिपूरक भएको बताउनुले धेरै राम्रो संकेत गरेको छ । विगतमा केही महिना पहिले द्वीपक्षीय सम्बन्धमा केही मिस अण्डरस्टाण्डिङ थियो ।

अब यो भ्रमणसँगै नयाँ अध्याय शुरु भएको छ । बिगत बिर्सेर भविष्य निर्माणमा लाग्ने बेला हो यो । ओलीजीलाई संसदमा अपार समर्थन मिलेको छ । उहाँलाई संसदमा ८० प्रतिशत समर्थन प्राप्त भएको छ ।

उहाँ बलियो नेता बन्न चाहिरहनुभएको छ । साँच्चै भन्ने हो भने उहाँ त राजा महेन्द्रपछिकै शक्तिसाली नेता बन्न लागेको देख्छु म त । मलाई लाग्छ अब नेपालमा स्थायित्व हुन्छ । र, विकास हामीहरुको उद्देश्य छ । सबैको साथ, सबैको विकास नै हो । यसमा अब दुवै देश अग्रसर हुन्छन् ।

अनलाइन खबरको रिपोर्टबाट थोरै अंश