एकताको नाममा माओवादी लम्पसार पर्दैन: रञ्जित तामाङ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकताको नाममा माओवादी लम्पसार पर्दैन: रञ्जित तामाङ



झापा । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले एकताको नाममा माओवादी लम्पसार भएर जाने जात नभएको बताएका छन् । आज अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६ औं सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तामाङले भने उनले भने -‘ एकता विचार,संगठन र आन्दोलनको विचमा हुने हो ।’ तामाङले माओवादी युवा विद्यार्थीहरु सम्माजनक एकतामा मात्र सामेल हुने बताए ।

वाम एकता भनेको जनयुद्ध र जनआन्दोलनको पनि एकता भएको बताएका छन् । तामाङले वाम एकता कुनै एउटा पक्षको मात्र आवश्यकता नभएर दुवैको आवश्यकता भएको जिकिर गरे ।

‘कतिपयले एकता माओवादीको मात्र आवश्यकता भनेर चर्चा गरेको सुन्छु । तर यो कुरा गलत हो । एकता दुवैको आवश्यकता हो ।’

क्रान्तिकारीको जिल्ला सम्मेलनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, लेखा आयोग अध्यक्ष युवराज दाहाल, सचिव मदन भट्टराई, अनुशासन आयोग सचिव गञ्जु प्रधानलगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी, विजय साङपाङ्, सिपि कंडरिया, वीरेन्द्र बस्नेत, महेन्द्र भट्टराईलगायतले शुभकामना दिएका थिए ।