‘रञ्जना लिपि’को संरक्षण गरौँ अभियान
काठमाडौं- नेपालको मौलिक रञ्जना लिपि लोप हुन लागेको भन्दै भाषाविद्हरुले संरक्षणमा जोड दिएका छन् ।
नारायण परिवार क्लब र नेपाल लिपि गुठीले शनिबार काठमाडौंमा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा रञ्जना लिपिको संरक्षणमा जोड दिएका हुन् । क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यले रञ्जना लिलि बचाउनसके भाषाको संरक्षण पनि हुने बताए ।
११औं शताब्दीदेखि प्रचलनमा रहेको नेपालको यो लिपि भारत, तिब्बत, चीन, मंगोलिया, जापान र अन्य देशमा पनि प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघमा नेपालले सदस्यता लिँदासमेत रञ्जना लिपि प्रयोग भएको थियो ।