अमेरिकी राजदुतद्वारा जानकी मन्दिर र मिथिला संस्कृतिको प्रसंशा
काठमाडौं- अमेरिकी राजदुत र्यान्डी बेरीलाई प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भब्य स्वागत गरिएको छ । राजदुत बेरी र उनको टिम मिथिलानगरी जनकपुर भ्रमणमा पुगेका थिए ।
राजदुत बेरीको टिमलाई प्रदेश २ को सदरमुकाममा न्यानो स्वागत गरिएको थियो । आफूहरुलाई गरिएको स्वागतप्रति राजदुत बेरीले जनकपूर र त्यहाँका बासिन्दाहरूप्रति कृतज्ञता व्यक्ति गरेका छन् ।
अमेरिकी दुतावासले सामाजिक सञ्जालबाट भनेका छन्, ‘राजदुत बेरी र वहाँको टिमलाई प्रदेश २ को सदरमुकाममा गर्नुभएको न्यानो स्वागतको लागि हामी जनकपूर र त्यहाँका बासिन्दाहरूप्रति कृतज्ञ र नतमस्तक छौं। यति सुन्दर शहर, चाहलले भरिएको जनजीवन, मिथिला संस्कृति, र समग्रमा सबैथोक अविस्मरणीय रह्यो, विशेषगरी जानकी मन्दिर र गंगासागरको आरतीको अनुभव अभुतपूर्व थियो।’