हिरानीले रणबीरसँग ५ वटा चलचित्र बनाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हिरानीले रणबीरसँग ५ वटा चलचित्र बनाउने



नयाँ दिल्ली–मुन्नाभाई, थ्री इडियट्स, पिके र अब संजू जस्ता हिट चलचित्र दिने राजकुमार हिरानी बलीउडमा हिट फिल्म दिने फिल्म मेकर बनेका छन् ।

राजकुमार हिरानीको हालै रिलीज भएको संजूले राम्रो बजार पाएको छ । सुत्रको अनुसार यो चलचित्र प्रमोशनल इभेन्टको दौरान रणबीर कपूरले एक पटक फेरि राजकुमार हिरानीसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

रणबीर कपूरले इभेन्टमा राजकुमार हिरानीसँग भनेका छन् हिरानीले आमिर खान र संजय दत्त सँग दुई दुई चलचित्र बनाएका छन् र ती सबै चलचित्र हिट भएका छन् । रणबीरले अगाडी भनेका छन् म यो पनि जान्न चाहन्छु कि ‘राजकुमार मेरो साथमा अब दोस्रो चलचित्र कहिले बनाउनेछन् र म चलचित्रमा लिड रोलमा देखिनेछु ।’ यसपछि रणबीरले राजकुमारलाई सोधेका थिए तपाईं मेरो साथमा कति वटा चलचित्र बनाउनु हुन्छ ? हाँस्दै राजकुमारले जवाफ दिए ‘म तिमीसँग ५ वटा चलचित्र बनाउँछु ।’

राजकुमार हिरानीलाई अब अर्को चलचित्रको काम शुरु गर्न समय त लाग्छ नै । अब उनी अर्को चलचित्र त्यो बेला बनाउँछन् जब सब्जेक्ट र कहानीलाई लिएर उनी आश्वस्त हुन्छन् । त्यसैले अब यो हेर्न बाँकी छ कि राजकुमारको अर्को चलचित्रमा काम कहिले शुरू हुनेछ र उनी यसमा नयाँ के लिएर आउने छन् ।