रामनगर जेसिजको नेतृत्व विकास तालिम सम्पन्न - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

रामनगर जेसिजको नेतृत्व विकास तालिम सम्पन्न



जीवन न्यौपाने, नवलपरासी । रामनगर जेसिज वर्ष २०१८ को आयोजनामा शनिबार सुनवल १२ भुमहिमा नेतृत्व विकास सम्वन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय प्रशिक्षक केदार भण्डारीले प्रशिक्षण गरेको सो तालिममा रामनर जेसिजमा आवद्ध तथा विभिन्न क्याम्पसमा अध्ययनरत ५० भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
सो तालिममा सुनवल नगरपालिका वडा न १२ का वडाअध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्यता, त्यस्तै विशेष आतिथ्यता  नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय प्रशिक्षक केदार भन्डारी र अन्य अतिथिहरुमा नेपाल जेसिज क्षेत्र बि का तालिम निर्देशक जेसी मुक्तिनाथ गैरे,  रामग्राम जेसिक वर्ष २०१८ का अध्यक्ष जेसी मुक्ती पौडेल, रामनगर जेसिजका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी लगायतको सहभागीता रहेको थियो ।
रामनगर जेसिज वर्ष २०१८ का अध्यक्ष जेसी भोजराज चांपागाईको सभापतित्वमा सञ्चालन भएको तालिममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी देवी कंडेलले प्रस्तुत गरेकी थिइन् भने रामनगर जेसिज वर्ष २०१६ का अध्यक्ष जेसी बलराम चांपागाई र नेपाल जेसिज क्षेत्र बि का तालिम निर्देशक जेसी मुक्तिनाथ गैरेले शुभकामना मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन रामनगर जेसिज वर्ष २०१८ का महासचिव जेसी हिमा न्यौपानेले गरेकी थिइन ।