राममणिमा रक्तदान
बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवको अवसरमा स्नातक तहका विद्यार्थीको आयोजनामा आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बी.ए. तेस्रो वर्षका विद्यार्थी विनोद सुवेदीको संयोजकत्वमा भएको कार्यक्रममा ३६ युनिट (३६ पोका) रगत सङ्कलन भएको थियो ।
क्याम्पस प्रमुख मोहनराज शर्मा, प्रा. डा. बाबु राम ज्ञवाली, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली, कर्मचारी सभापति उमेशकुमार शाही लगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्घाटन कार्यक्रम भएको थियो ।
विगतदेखि नै रक्तदानका कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी तथा शुभेच्छुक गरी ३६ जनाले आज (शनिबार) रक्तदान गरेको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेले जानकारी दिए ।