राममणीमा लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

राममणीमा लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न



हिमाल पोस्ट /मणिग्राम ,९ असार 

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण  बिहीबार सम्पन्न  भएको छ ।

तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले यहाँका विद्यार्थीलाई स्वदेशकै उन्नतिमा अभ्यस्त बनाउन व्यवहारिक र उत्प्रेरणामूलक काम क्याम्पसले सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

क्याम्पसको व्यवस्थापन सङ्कायका सङ्काय प्रमुख बालकृष्ण अर्यालको अध्यक्षतामा भएको प्रशिक्षण समापन कार्यक्रममा प्रशिक्षक प्रेम भुर्तेल, प्रमोद पन्थी, प्रकाश भूर्तेल, सहायक प्राध्यापक खुमकान्त पाण्डे, नम्रता पाण्डे त्यस्तै प्रशिक्षार्थी विद्यार्थीहरूः ममता चौधरी, प्रदिप भण्डारी, अञ्जुु सुवेदी, निराजन गैह्रे, पूजा न्यौपाने लगायतले बोल्नुभएको थियो ।

तीन जना चार्टर्ड अकाउण्टेण्टहरूले  १ सातासम्म प्रशिक्षण दिनुभएको कार्यक्रममा वी.वी.एस. तेस्रो वर्षका ६० जना विद्यार्थी सहभागी रहेको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह«ेले जानकारी दिनुभयो ।