विष्णु रिमालको 'छौंडा'लाई सांसद 'झाँक्री'को कुरीकुरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विष्णु रिमालको ‘छौंडा’लाई सांसद ‘झाँक्री’को कुरीकुरी



काठमाडौं ।आइतबार एकाबिहानै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेको ट्वीटले सामाजिक संजाल देखि संसदसम्म चर्चा कमाइरहेको छ । यस्तैमा रिमालको ट्विटलाई सांसद तथा सोही पार्टीकी नेतृ रामकुमारी झाँक्रीले सत्ता र उन्मादको संज्ञा दिएकी छन् ।

उनले आज ट्विट गर्दै भनेकी छन्,

‘‘राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रुपमा यो उत्कृष्ट ट्विट हो । यो ट्विट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब । धेरै पहिले एउटा लोक कथा पढेको थिएँ । द इम्पेरर्स न्यू क्लोथ । आज सम्झँदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ?