गुल्मी २ मा रामकुमारी झाँक्रीलाई ठूलो राहत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गुल्मी २ मा रामकुमारी झाँक्रीलाई ठूलो राहत



गुल्मीमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसाल पछि हटेका छन्।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस र माओवादी दुवैको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको अवस्थामा उनीविरुद्ध उभिएका भुसालले सोमबारदेखि पछि हटेका हुन्।

कांग्रेसका भुसालले फिर्ता लिएनन् उम्मेदवारी, रामकुमारीको चुनौती बढ्यो
भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्।

कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए।

भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए।

उम्मेदवारी कायम भएपछि भुसाल कांग्रेबाट स्वत:निस्कासित भएका थिए। तर कांग्रेसले बागीहरुलाई कात्तिक ४ सम्मको अवसर दिएको छ।

भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारी हौसिएकी छन्। उनले गठबन्धनको बलमा विष्टलाई हराउन सक्ने बताउँदै आएकी छन्।