विदेशीको नक्कल नै गर्ने हो भने माला लगाउन हैन देश विकाशमा जुट्ने कि ? - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

विदेशीको नक्कल नै गर्ने हो भने माला लगाउन हैन देश विकाशमा जुट्ने कि ?



रमेश  शर्मा लम्साल 

जुन देशका रु १ पर्ने एक सीटामोल नपाएर जनताको ज्यान जाने गर्दछ , सिस्नुको साग मात्रखाएर महिनौ बस्ने गर्दछ त्यस्तो देशका  नेताहरुले विदेशबाट आयात गरिएको फूलका ठुला ठुला मालाहरु लगाउन अलि नसुहाउने हो कि ?

13510840_1316004411760382_5571056781079646437_nराजनीति जनताको जीवन सहज र सजिलो बनाउन गरिने कुरा हो  । पद र प्रतिष्ठा कमाउदैमा ठुला महल र  मोजमस्ती मै  देशको ढुकुटी रित्याउनु हो जस्तो लगादैन  । चेतना होस् ! भारतीय नेताहरुको नक्कल गरेर माला लगाउनेहरुले उनीहरुले आधुनिक टेक्नोलोजीको माध्यमबाट सर्वसाधारण संग जोडियर  जनताको दैनिक समस्याको समाधान गर्ने कामको पनि नक्कल गर्दा राम्रो हुन्थ्यो कि ?

भारतमा मेरो दुधेबालक भोकै छ ,दुधको ब्वस्था गरियोस भनेर रेलवेको वेभसाइटमा लेखेर पठाउॅदा अर्को स्टेशनमा बोतलमा तातो दुध लिएर पुर्याइन्छ।भन्नुको मतलव साशन सुधार्ने प्रयास भैरहे कै  छ।तर हाम्रो देशमा दिनदिनै ठुला दुर्घटना हुदा पनि विशेषज्ञद्वारा रोका लगाईएको   धुलिखेल – बर्दिवास वी पी लोकमार्गमा ठूलो गाडीको रुटपरमीट दिनु असंबेदनशीलताको पराकाष्ठा हो।

ठूलो रेलदुर्घटना हुॅदा भारतमा रेलमन्त्री नैतिकताको आधारमा राजिनामा दिने गर्छ ।यसको नक्कल पनि गर्ने कि ? झन जोखिमपूर्ण यात्राको रुट परमीट दिएर त्यसको बचाव गर्नु कति  निन्दनीय कार्य होला  एकपटक मनन गर्ने बेला आएको छ ।