रमेश महत देखि आत्तिए बद्री मैनाली, मैनालीको झुटो उजुरी खारेज। - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

रमेश महत देखि आत्तिए बद्री मैनाली, मैनालीको झुटो उजुरी खारेज।



७ कार्तिक / नुवाकोट

प्रतिनिधि सभा र प्रदेश साभाको निर्वाचन नजिकै गर्दा नुवाकोट मा चुनावी सर्गर्मी बढेको छ ! आइतबार विभिन्न राजनीति दलले नुवाकोट २ प्रतिनिधि सभा र ४ प्रदेश सभा मा उम्मेदवारी दिए सँगै एक आपसमा आरोप प्रत्यारोप सुरु भएको छ ।

निर्वाचन आयोग ले उमेदवार उपर उजुरी गर्न हिजो सोमबार को समय दियको थियो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर २ को नेपाली काँग्रेस का उमेरदार रमेशकुमार महत विरुद्ध सोही क्षेत्र का एमाले का उम्मेदवार बद्री मैनाली ले उजुरी दियका थिए । कृषि विकास बैक को सञ्चालक समिति मा रहेर सेवा सुविधा उपभोग गरेको भन्दै निज महत को उम्मेदवारी खारेज गरी पाउ भन्दै मैनाली आयोग को कार्यलय पुगेका थिए ।उक्त उजुरी उपर मङ्गलवार दुवै पक्षलाई प्रमाण सहित उपस्थित हुन भनेकोमा मैनाली ले कुनै प्रमाण पेस गर्न सकेन ।उता महत ले भने असोज ३१ गते दिएको राजीनामा को सक्कल प्रति र माइन्युट नै पेस गरे पछि मैनालीको उजुरी आधारहिन भन्दै आयोगले खारेजी गरेको छ ।

पराजित मानसिकता र निर्वाचन आफ्नो पक्षमा नदेखिएकाले यस्ता खाले अलोकतान्त्रिक र आधारहिन क्रियाकलाप गरेको ककनि गाउपालिका ५ का युवा यदुमान लामा बताउनुहुन्छ उहाँको यस्ता क्रियाकलाप ले देखिन्छ कि उहाँ कुन स्तरको व्यक्ति हुन भन्ने ।यसैबिच बाम गठबन्धन को उम्मेदवार प्रति असन्तुष्ट जनाउदै पुराना एमाले नेताकार्यकर्ता गठबन्धनको विरोध गरेका छन् । पार्टीमा लामो समय योगदान गरेकाहरुलाई बाइपास गरेर पैसाको भरमा पार्टीमा भर्खरै भित्रीएका व्यक्तिहरूलाई उमेरदवार बनाउदा हामी जस्ताहरुको मनोभावना विपरीत हुने एक एमालेका नेताले नाम नबताउने सर्तमा बताउनु भयो ।