३८ करोडको आलिशान महलमा बस्ने रामचरणको सम्पत्ती कति ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

३८ करोडको आलिशान महलमा बस्ने रामचरणको सम्पत्ती कति ?



एजेन्सी । दक्षिण भारतीय चलचित्र क्षेत्रको चर्चित मध्येका एक अभिनेता हुन् राम चरण । सन् २००७ बाट फिल्मी यात्रा शुरु गरेका राम चरणको पहिलो फिल्म ‘चिरुथा’ हो । सोही चलचित्रबाट उनले फिल्म फेयर अवार्ड पनि पाए ।

सो समयदेखि नै उनी फिल्मको अतिरिक्त बिभिन्न ब्राण्डको सद्भावनादूत पनि भएका छन् भने कतिपय विज्ञापनहरुमा समेत उनलाई देख्न सकिन्छ । सोही कारण उनले उनले आफ्नो आर्थिक अवस्थालाई अझै मजबूद बनाएका छन् । उनै राम चरणको हैदरावादमा करिब ३८ करोडको आलिशान महल छ । उनी बस्ने घर साउथ इन्डियन कलाकार बस्ने घरमध्ये सबैभन्दा महँगो हो ।

राम चरणको आफ्नै प्रोडक्सन हाउस पनि छ । जसको नाम ‘कोनिडेला प्रोडक्सन’ हो । उनै राम चरणले दुई तामिल चलचित्र प्रोड्युस गरेका पनि गरेका छन् ।

नेटवर्थ १२५० करोड भारतीय रुपैयाँ रहेको उनको वार्षीक आम्दानी २० करोड भारु भन्दा पनि बढी छ । यसबाहेक राम चरणको हैदरावादमा बेस्ट एयरलाईन टुर, पोलो राइडिंग क्लब पनि छ । भने उनीसँग बीएमडब्लु, मर्सिडिज, रेञ्ज रोभर, औडी लगायतका गाडी पनि छन् ।

उनै रामचरणले सन् २०१२ को जुन १४ मा अपोलो हस्पिटलको सीइओ प्रताप सी.रेड्डीको छोरीसँग विवाह गरेका हुन् । दक्षिण भारतीय फिल्ममा छाएका राम चरण बलिउड फिल्ममा पनि छाउन थालेका छन् । उनले ‘जंजीर’मा समेत काम गरेका छन् भने हाल उनी बाहुबली चलचित्रका निर्देशक एसएस राजमौलीसँग चलचित्र ‘आरआरआर’मा काम गरिरहेका छन् ।