ओली सरकारको लक्षण राम्रो छैन: नेता पौडेल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओली सरकारको लक्षण राम्रो छैन: नेता पौडेल



मान्म– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले मुलुकको समृद्धिका लागि सकरात्मक लक्षण नदेखाएको बताएका छन्।

कांग्रेस कालिकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता पौडेलले नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाली तिर्थाटन गरेर फर्कनुले ओली सरकारसँग कुनै नीति र भिजन नभएको आरोप लगाए। ‘बिहानले दिनको संकेत गर्छ भनेझै ओली सरकारले केही नगर्ने लक्षण देखाउन सुरु गरेको छ।’, उनले भने।

पटक–पटक कम्युनिष्ट नेतृत्वको सरकारले जनतालाई खोक्रो नारा दिएर जनता झुक्याउने काम मात्रै गर्दै आएको उनले आरोप लगाए।

प्रधानमन्त्री ओलीप्रति व्यङ्य गर्दै नेता पौडेलले भने, ‘उखान–टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास संभव छैन। हाम्रो उद्देश्य गाँउमा विकास पुर्याएर गाँउमा नै रोजगारी र आम्दानी सिर्जना गर्ने हो।’

कांग्रेसको सिद्धान्त विजय भएको अवस्थामा पनि कांग्रेस पराजित हुनुलाई समिक्षा गर्नुपर्ने उनको भनाइ थियो। उनले कांग्रेसको कमी कमजोरीलाई खोजी गर्न आवश्यक रहेको बताए।

कांग्रेस सुदृढिकरण अभियानका लागि वरिष्ठ नेता पौडेल कर्णाली प्रदेशमा छन्।