रामचन्द्र पौडेल नै बने इतर समूहको साझा उम्मेदवार - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

रामचन्द्र पौडेल नै बने इतर समूहको साझा उम्मेदवार



काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नै सभापतिका उम्मेदवार बन्ने भएका छन् । महाधिवेशन सुरु हुने लाग्दा पनि सहमति नजुटेपछि नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाएका छन् ।

पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई सभापति बन्न नदिन जसरीपनि साझा उम्मेदवार दिनुपर्ने निष्कर्ष निकाल्दै पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेका छन् ।

बैठकमा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी र गगन थापा लगायत सहभागी भएका थिए। नेताहरुले पौडेललाई सभापतिको साझा उम्मेदवारीको टुंगो लगाउन शुक्रबारै साँझ ५ बजे अनुपम फुडल्यान्डमा बैठक डाकेका छन्।

त्यही बैठकबाट पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने दिशामा नेताहरु पुगेका हुन्। नेताहरुले सभापतिको साझा उम्मेदवारका लागि पौडेलसँग पनि सम्वाद गरेका छन्। उनीहरुले पौडेलसँगको छलछल गरेपछि अन्य दाबेदारलाई पनि ब्याक गराउने तयारी गरेका छन्।

पौडेलले आफ्नो समूहको सभापतिबारेमा नेताहरुलाई छलफल गरेर निचोडमा पुग्न भनेका छन्। उनले टिमको सर्वसम्मत उम्मेदवार भए मात्रै सभापति लड्ने बताएका छन्।

यस्तोमा नेताहरुले आफूहरुको टिमको नेता नै पौडेल भएको बताउँदै यो पटक पार्टीको नेतृत्व लिएर अघि बढ्न आग्रह गरेका थिए। उनीहरुले शुक्रबारै साँझ ५ बजे बसेर पौडेललाई सभापतिको साझा उम्मेदवारमा अघि सार्ने निष्कर्ष निकालेका छन्।