के हो ओली-मोदीले उद्घाटन गरेको 'रामायण सर्किट' ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

के हो ओली-मोदीले उद्घाटन गरेको ‘रामायण सर्किट’ ?



काठमाडौं – प्रधानमन्त्री  तथा एमाले अधक्ष्य केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनपुरबाट  ‘रामायण सर्किट’को उद्घाटन गरेका छन् । मोदी दुईदिने राजकीय भ्रमणको लागी आजै नेपाल आएका छन् ।

यहि अवसर पारेर दुई देशका प्रधानमन्त्रीहरुले ६ सय ५० किलोमिटर लामो सर्किटको उद्घाटन गरेका हुन्।सर्किट उद्घाटनसँगै जनकपुरबाट अयोध्याका लागि सिधा बसलाई ओली र मोदीले बिदाइ गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बस सेवाको उद्घाटन गरेसँगै रामायण सर्किटको चर्चा थपिएको थियो।

त्रेतायुगमा भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ । जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको धार्मिक भूमि नै अहिले रामायण सर्किटका नामले परिचित भएको छ । सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्न लक्ष्य लिएको छ ।

सर्किटको उद्घाटन गर्दै दुवै प्रधानमन्त्रीले यसको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले विगमा रामायण सर्किट निर्माणबारे सम्झौता भएर रोकिए पनि अब काम नहुने अवस्थाको अन्त्यभएको घोषणा गरे । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले दुवै देशका करोडौं नागरिकलाई रामयण सर्किटले जोड्ने र दुवै देशको पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।