कथा: रमाईलो मेला - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कथा: रमाईलो मेला



हरि थापा/दोलखा
प्रमोद मेरो बच्चादेखिको मिलनसार साथी सायद प्रमोद विना मेरो स्कुलका दिन असहज र खल्लो हुन्थ्यो म उसकै बारेमा सोचेर विताउथे उ विना म स्कुल गएको विरलै थोरै दिनहरु होला ।उसले कुनै दिन नअाउने हो भने पहिले नै मलाई खबर गर्ने गर्थ्यो र उसले मेरो लागि र मैले उसको लागि हामी जस्तो जुकै जोखिम भोग्न पनि तयार हुन्थेउ र एक ले छुट्टि गर्दो हामी दुबै जना छुटि गर्थ्योैँ क्रमश पाचँ रोलकल पछि उसको छ थियो ।

एक दिन म ढिला स्कुल पुगेको थिए मे अाई कम इन सर भनेर भित्र पस्दा अोई तेरो रोल नम्बर भन भन्नु भयो सरले पाचँ सर भनेको सरले हेर्नु भयो मेरो हाजिर भइ सकेको रहेछ अनि सर रिसाउदै यसको हाजिर बोल्ने को हो उठ भन्नु भयो विचरा उ डराउदै उठयो अनि सरले उसलाई पिट्नु भयो उसले केहि जवाफ दिएन तर वास्तवमा उसको अनुहारले वताउदै थियो हामी साथी एक विना अर्को अधुरो वरु स्कुल छोड्न सक्छोै साथ छोड्न सक्दैनोै ।

यहि भाव थियो र त्यसपछि सर पाठ्यक्रमतिर लाग्नु भयो तर प्रमोदले त्यस कुरालाई वास्ता गरेन तर म भने धेरै सोचमनन् गर्न थाले अाखिर मेरो लागि उसले पिटाइ खायो म अात्माग्लानि गर्दै पछुताउदै थिए ।पिरोड सकियो म केहि बोल्न सकिन उसको मुखमा हेर्न सकिन र मन मनै उसले पिटाइ खाएर मलाई दुखिरहेको थियो।त्यस पछि उसले के भयो भनेर झस्कायो अनि हैन त्यस्तो केहि किन ढिला अाइस भन्यो मैले सिधा भने खाना पाक्न टाईम लाग्यो त्यसैले भने त्यस दिन मैले के पढे भगवान जानुन म त वास मेरो कारण उसले पिटाई खाएको ले उसको वारेमा मात्र सोचेर बसे र बेलुका छुट्टि भयो । घर पारिको मन्दिरमा मेला लाग्ने रे भनेर प्रमोद ले खुसि हुदै भन्यो जाने हैन त ?उसको कुरा म कहिले काट्थे र? जाने होनी तै ले भनेपछि नजाने कुरा हुन्छ?तर उसको बाबा अलि डरलाग्दो हुनु हुन्थ्यो तर पनि उसलाइ मैले सोधे घरमा भनेर जाने त होलानी? होस नभन्ने यदि भन्यो भने नपठाउन पनि सक्छन ।

त्यसपछि मलाइ त डर नै थिएन मेरो बाबा साउदि हुनु हुन्थ्यो अामालाई त छकाउन सिपालु थिए । फेरि अामाले म प्रमोद को घरमा मा जान्छु होमवर्क पनि उतै मिलेर गर्छोै भने पछि अामा पनि प्रमोद जस्तै कहिल्यै कुरा काट्नु हुदैनथ्यो् तर प्रमोद मेरो घरमा अाउदा पनि उसको बाबाले फोन गर्ने सोध्ने गर्नु हुन्थ्यो तर मेरो अामाले कहिल्यै सोध्नु भएन ।म कहिले त दुई तिन दिनमा मात्र घर अाउथे तर प्रमोद लाई संगै लिएर त्यस पछि अामाले खाजा बनाउने दिने मिलेर बसेको हिडेको अति मन पराउनु हुन्थ्यो ।मलाइ जस्तो प्रमोद लाइ पनि त्यस्तै माया गर्नु हुन्थ्यो कहिल्यै छुटाउनु भएन अामाले । मलाई खाने कुरा लगाउने कुरा ल्याउदा प्रमोदलाई पनि ल्याईदिनु हुन्थ्यो । जे भए पनि मेरो बाबा साउदि को लाहुरे उसको बाबा नेपाल प्रहरी को पियन काम गर्नु हुन्थ्यो । खाना लगाउन धोै धोै नै थियो प्रमोदको बहिनी तिन वटा थिए। मेरो म एक्लो उसको हेर्दा मेरो अार्थिक सहज थियो ।मैले मिठो खान खोजे होला तर प्रमोदले सानै बाट ब्यबहारिक बुझेको थियो जस्तो छ त्यस्तै खाने जे छ त्यहि लगाउने कति मिलनसार बुझकी थियो। त्सपछि हामी सरले पिटेको दुख बिर्सन मेला हेर्ने जादै थियोै । मैले घरमा भनेको थिए म दुई दिन अाउदिन जाँच छ भनेर अामाले राम्रो संग पढेस बाबु भनेर खर्च दिनु भएको थियो मेरो अामाले छोराको भावना बुझेर मेलाको लागि खर्च दिनु भयो मन मनै गदगद हुदै म प्रमोदको घर लागे सायद यति खुसि म कहिल्यै भएको थिईन जाँचको लागि कलम कपि भनेर मलाई अनि प्रमोदको लागी पनि अामाले खर्च छुटाएर मलाईनै उसलाई दिनु भन्नु कति रमाईलो कुरा थियो मेला खर्च मज्जाले पुग्ने थियो।हामी प्रमोदको अामालाई सुटुक्क भनेर उसको बाबाले थाहा नपाउने गरि हिडेका थियोै ।

हामी दुबै चिटिक्क परेर हिडेका थियोै ।अचानक बाबालाई बाटोमा भेटायोै। अनि कलम कपि लिएर अाउछोै भनेर टाप दियाै ।केहि नभनी सरासर घर जानु भयो हामी पनि मेला पुग्योै मेलामा थरिथरिका नाच गान खानाका परिकार विभिन्न खेल हरु थिए।हामी भएका पैसा लाई मिठो मिठो खाने कुरामा खर्च गर्दै थियोैँ अनि कहि तास कहि राम्रा राम्रा खेलहरु चल्दै हामी पनि रमाईलो गर्दै थियो प्रमोदले तास पनि खेल्न जानेको रहेछ ।एक चोटि जितेको थियो अर्को चोटिमा हार्यो ।उ अलि निरास भयो मैले भने छाड्दे म संग छ त के सामान किन्ने भनेर हामीले सल्लाह गर्योै अब भोलि बाबाले गाली गर्नुहुन्छ।कपि किनोै भनेर एक दर्जन किनेर अाधा अाधा भाग लगायोैँ उज्यालो हुन लागिसकेछ।हामी प्रमोदको घर गएर सुटुक्क सुतेका थियोैँ अामाले खाना खान उठाउनु भयो अामाको अनुहार पहिला जस्तो हसिलो थिएन। अामा के भन्न खोज्दै हुनु हुन्थ्यो तर म भएकोले चुप हुनु भयो सायद बाबा अामाले हाम्रो विषयमा झगडा गरेको भएर हुन सक्छ अामाको अनुहार पिडायुक्त देखिन्थ्यो ।हामी उठेपछि खाना खाएर प्रमोद मलाई छाड्न मेरो घर अायो । त्यो दिन उसको अामाको मुहार फरक भएकोले उसले पनि संका गरेको थियो झगडा भएको हुनु पर्छ तर उसको बाबा सरकारी नियम लगाउन खोज्ने तर अामा भने सालिन स्वाभावको देवि नै हुनुहुन्थ्यो। त्यस पछि मलाई छाडेर प्रमोद घर गयो भोली पल्ट स्कुल अाएन म बाटोमा पर्खिरहे नअाए पछि म दोधारमा परे पक्का हिजो बाबा अामाको झगडाले उसलाई पिडा भएर हुन सक्छ पक्का गइसक्यो होला भनेर म हतारमा स्कुल गए ।

अह, मैले उसलाई देखिन उसको हाजिर मैले बोल्दिए तर उ अाएन उ नअाएपछि मैले मनमनै सोचे पक्का बाबाले पिट्नु भयो होला त्यसैले नअाएको म हाप छुट्टि पछि स्कुलमा विदा मागेर घरमा काम छ भनि गए अनि सरले तेरो साथी खै भन्नु भयो। मैले अाज अाएन सर भने सरले हाजिर हेर्नु भयो र मेरै मुखमा हेर्नु भयो तर म भुई तिर हेरेर बसे उसको गुण तिरेछस भन्नु भयो सरले म कालो अनुहार बनाउदै उभिए मलाई पिट्नु भएन ल जा भोली उसलाई नि लिएर अाउ्नु किन स्कुल नअाएको कारण सोधेर अाईजा भन्नु भयो ।म हस सर भनेर हाफ छुट्टि पछि प्रमोदको घर गए खै किन हो त्यो दिन मेरो मन त्यसै अातिएको थियो जिउ कापीरहेको थियो म प्रमोदको कोठामा पछाडी झ्याल बाट छिरेर गए ।तर त्यहाँ प्रमोद थिएन तर हाम्रा फोटोहरु भन्ने संगै थियो म बाहिर अाए त्यहाँ हो-हल्ला थियो मैले केहि बुझिन ।म उसको हितैसी साथी भन्ने सबैलाई थाहा थियो। जब म पुगे झन होहल्ला भयो।

मलाई देखेपछि उसका बाबा अामा मुर्छा पर्नु भयो तर केहि भन्नु भएन ।कोहि बोलेनन् झटट् सुने विचरा साथी भेट्न अाएको होला भनेर प्रमोदको घरछेउको अान्टी पनि बेहोस हुन भयो सबैका अाखाँ रसाएका थिए। जब मलाई हेर्थे तब बेहोस भईहाल्थे मैले बुझ्न सकिन मैले सिधा सोधे प्रमोद खै ?।मेरो प्रश्नको जवाफ कसैले दिन सकेनन् सबै भाव विह्वाल अबस्थामा थिए ।अर्को अंकल पर्नेले भन्नु भयो बाबु तिम्रो प्रमोद अब भगवानको भयो हामीलाई हिजो रातीनै छाडेर गयो। अन्तिम शब्दमा तिम्रो नाम भन्दै थियो बाबु भन्नु भयो त्यस पछि मैले केहि थाहा पाईन म ढले पछि बेहोसी मा प्रमोद किन छुट्टि बसेको खबर लिएर अाईजा भनेर सरले भनेको छ म के जवाफ दिउ भनेर म ढलेछु त्यसपछि म होसमा अाए मैले प्रमोदको बारेमा सोध्न जान सकिन मेरो प्रश्नको जवाफ म‌ैले पाईन र सरलाई पनि उत्तर दिन स्कुल जान सकिन…