रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको काठमाडौं रिफर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको काठमाडौं रिफर



मंसिर २६,कालिकोट । जिल्ला अस्पताल कालिकोटमा अपे्रसन पछि अत्याधिक रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चाटर गरिएको छ ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ निवासी चन्दा शाहीको सुत्केरी भए पश्चात अत्याधिक रक्तश्राव हुँदा जिल्ला स्वास्थ्य, जिल्ला प्रशासन लगाएतका सरोकारवाला निकायहरुको पहलमा हेलिकप्टर चाटर गरि टिचिंङ अस्पताल काठ्माण्डौमा रिफर गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा.कौशल अलीले औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउदा पाठ्यघरको मुख खुल्दा पनि बच्चा नजन्मीए पछि अप्रेशन गरी बच्चा जन्माईएको र अप्रेशन पश्चात पाठ्यघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएपछि सरकारको लगानीमा हेलिकप्टर चाटर गरेर रिफर गरिएको बताए ।

उनले सुतकेरी व्यथा लगाउनका लागि मिजोपोष्टल नामक औषधि प्रयोग गर्दा समेत बच्चा नजन्मीएपछि अप्रेशन गर्नु परेको र अप्रेशन पछि अत्याधिक रक्तश्राव भएपछि सुत्केरीको अवस्था खतरामा परेकाले रिफर गर्ने परेको बताए ।

जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्टाफ नर्स मीरा शाहीले गत साउन महिना यता मात्र यस्ता तीन जना सुत्केरीलाई हेलिकप्टर चाटर र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जानकारी दिए ।

उनका अनुसार गत साउन यता जिल्ला अस्पतालमा प्रसुती सेवा लिन आएका जम्मा १ सय ६३ जनना महिला मध्य ४ जना जिल्ला बाहिर रिफर भएको र २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना हेलिकप्टरबाटै रिफर भएको र एक जना एम्बुलेन्सबाट जुम्ला लिदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।