रक्सी पिउन नदिएको भन्दै सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरे - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

रक्सी पिउन नदिएको भन्दै सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरे



काठमाडौँ। भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई मर्नेगरी निर्घात कुटपिट गरेका छन् ।सैनिकको कुटपिटबाट घाइते पत्नीको एक हात र काँध भाँचिएको सामाचारहरुमा जनाईएको छ ।

रक्सीको नसामा रहेका सिपाई श्रीमानले निद्रा लागेपछि बल्ल उनलाई पिट्न छोडेका थिए ।पीडित पत्नीले श्रीमान सुतेको समयमा राती नै आफ्ना माइतीलाई फोन गरेर घटनाबारे बताएपछि घटना सार्वजनिक भएको बताईएको छ । नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो । भारतीय प्रहरीले अहिले घटनाको जाँचबुझ गरिरहेको छ ।एजेन्सी