रक्सौल–काठमाडौँ रेलमार्ग : दुईवटा मार्ग प्रस्ताव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रक्सौल–काठमाडौँ रेलमार्ग : दुईवटा मार्ग प्रस्ताव



काठमाडौँ । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडाैं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । आजको गोरखात्र दैनिकले खबर छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ ।

कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिनुभयो । अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ । फाइल तस्वीर :