कोसँग हुदै छ राखी शावन्तको बिहे ? - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

कोसँग हुदै छ राखी शावन्तको बिहे ?



एजेन्सी । सँधै चर्चामा आइराख्ने नाम हो राखी शावन्त । कन्ट्रोभर्सी क्वीन राखी अचेल आफ्नो बिहेको खबरले निक्कै चर्चामा रहेकी छिन् । केही दिन पहिला उनले आफ्नो बिहेको खबर सार्वजनिक गरेकी थिइन् ।

यसका साथै उनको बिहेको खबर सार्वजनिक भएसँगै आफूले दिएको नयाँ बयानको कारणले एक पटक पुन ः खलबली मचिएको छ । राखीले बिहे गर्ने कुरा स्विकार गरेकी छिन् ।

उनले मिडियालाई बताउँदै भनिन् ‘ सबैभन्दा पहिले म यो कुरा भन्न लाग्दै छु, तपाईहरु सबैलाई ठीक जानकारी मिलेको छ, मेरो पति ‘एनआरआई’ रहेका छन् । मेरो पतिको नाम रितेश हो, उनी बेलायतमा बस्छन् । मेरो भिसाको प्रक्रिया चल्दै छ । यसका साथै म छिट्टै उनको साथमा जाँदैछु । ’

उनिहरुको भेट ‘ह्वाट्स एप’ बाट भएको थियो । एक–अर्कासँग कुरा गर्दै जाँदा उनिहरु नजिक भए । उनिहरुको भेट करीब १ वर्ष पहिले भएको थियो ।