निहारिका भेटेपछि बालेनले भने-‘यो राज्यले अत्याचार गर्यो’ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

निहारिका भेटेपछि बालेनले भने-‘यो राज्यले अत्याचार गर्यो’



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतलाई भेटेका छन्।

त्रिवि शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले बच्चाको डिएनए टेष्ट गर्ने मागलाई नसुनेर राज्यले अत्याचार गरेको टिप्पणी गरेका छन्।

‘आफ्नो बच्चाको डिएनए टेष्ट गरिदे मात्रै त भनेको रहेछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अति हो। यो अत्याचार हो।’ बालेनले लेखेका छन्, ‘कानुनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’

न्यायका लागि संघर्षरत निहारिका पटक पटक अनशन बसिरहेकी छिन्। कहिले सिंहदरबार अगाडि, कहिले बसन्तपुर त कहिले माइतीघरमा अनशन बसे पनि उनको माग सुनुवाइ भएको छैन।

आफूलाई बलात्कार गर्ने र बच्चाको डिएनए टेष्ट गर्नुपर्ने माग सुनुवाइ नभएपछि उनले शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्।