राजु गुरुङको मुद्दा हेर्न नभ्याइने - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

राजु गुरुङको मुद्दा हेर्न नभ्याइने



रुपन्देही २ सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

गुरुङको मुद्दाको सुनुवाइका लागि बुधबार २८औं नम्बरमा उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएका थिए ।