राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित



उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालत पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।

एकीकृत समाजवादीका नेता गुरुङले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दिएका थिए। ब्यांकिङ कसूर सम्बन्धी मुद्दा रहेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

त्यसका विरुद्ध उनले असोज २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोग विरुद्ध दर्ता गरिएको रिटमा उम्मेदवारी खारेज गर्ने निर्णय बदर गर्न माग गरिएको थियो।

उनको रिटमाथि आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेशी तोकिएको थियो। तर, उनकै कानून व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ।

नेता गुरुङले रुपन्देही २ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए। यो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्।