गायक राजु ढकालमाथि छड्के - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गायक राजु ढकालमाथि छड्के



प्रस्तुति: – समीर प्रकाश पाण्डे

झ्याइँ-झ्याइँ बाजाले, आँसुले मुख धुने थिइन नि, वर्ष दिन भो, मेरो भाग्यमा गायिका लेखेको, आमाको खुसी, कसम खाएको, रातो माटो जस्ता थुप्रै गीतहरूमा आफ्नो स्वर दिएर चर्चा कमाएका गायक हुन् राजु ढकाल।

तनहुँ जिल्लाको पुरकोटमा जन्मिएका गायक ढकाल २०५९ सालमा डुम्रे दमौली गीतको बोलबाट लोकगायन क्षेत्रमा प्रवेश गरेका हुन । २०६५ मङ्सिर २६ गते चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती मगरसँग वैवाहिक सम्बन्ध गाँसेका ढकाल हाल परिवारसँग काठमाडौँमा बस्दै आएका छन् । आज हामी उनै गायक ढकालको फेसबुक चेक गर्दै छौ ।

गायक ढकाल सामाजिक सञ्जालमा सक्रिय छन् । उनी फुटबलप्रेमी पनि भएकोले फेसबुकमा खेलसम्बन्धी स्टाटस देख्‍न सकिन्छ । सहयोगी भावनामा ढकालले बेलाबेला दु:खमा परेकाहरूलाई सहयोग पनि गरेका हुन्छन् । समसामयिक विषयमा चासो राख्‍ने उनले लोक गीत-सङ्गीतको विकृतिबारे पनि आफ्ना विचार पोस्ट गरेको पाइन्छ भने रमाइला हास्यव्यङ्ग्य पोस्टहरूले फेसबुकमा जोडिएकाहरूलाई हँसाउने गर्छन् । उनले आफ्ना मात्र नभई अरू कलाकारहरूका गीतहरू पनि सेयर गरेको देखियो।

हाल उनको फेसबुकमा ५ हजार साथी छन् भने ३५,४४६ फलोवर छन्। उनको पहिलो तस्बिरमा ३९७ लाइक र ६८ कमेन्ट रहेको छ उक्त तस्बिर २७ अक्टोबर २०१० सालमा पोस्ट भएको रहेछ । त्यस्तै दोस्रो तस्बिर ३१ डिसेम्बर २०११ मा पोस्ट भएको छ जुन फोटोमा लाइक १६१ र २९ कमेन्ट छ । अहिले उनको फेसबुकमा आफ्नै सिङ्गल तस्बिर छ जुन फोटोमा १७०० लाइक र ११९ कमेन्ट रहेको छ।

प्रस्तुत छ उनै गायक ढकालबारे मोडल महेन्द्र गौतमसँग गरिएको छोटो कुराकानी ।

१) राजु ढकाल र तपाईँको सम्बन्ध कस्तो छ के भनेर सम्बोधन गर्नु हुन्छ ?
-राजु ढकालको र मेरो सम्बन्ध प्रेमिल छ। मैले उहाँलाई नजिक सम्झेर बाबा भनी सम्बोधन गर्छु र उहाँले पनि सोही सम्बोधन गर्नु हुन्छ।

२) राजु ढकालसँग तपाईँले बिताएको कुनै रमाइलो क्षण याद छ?
उहाँसँगका रमाइला पल त धेरै नै छन्, अहिले सम्झिनु पर्दा चाहिँ हामी एक पटक सबै साथीभाइ रमाइलो गरौँ भनेर आफै नाच्ने गाउने ठाउँमा रमाइलो गर्न गयौँ। रमाइलो गर्दै गर्दा राति अलि ढिला भइसकेको थियो, हामी गाउने नाच्ने गरिराखेका थियौँ बाबा त त्यहीँ कुर्सीमा घुरीघुरी निदाउनु भएको रहेछ, उहाँलाई देखेर हामी सबै त्यति बेला खुबै हासेका थियौँ।

३) दर्शक श्रोतालाई थाहा नभएको ढकालको एउटा गोप्य कुरा?
-म यति नजिक छु र पनि उहाँको त्यस्तो गोप्य कुरा केही पनि थाहा छैन भने उहाँ त खुला किताब हो ।

४) राजु ढकालको एउटा गुण जुन तपाईँलाई एकदम मन पर्छ। 
उहाँको सबैभन्दा राम्रो गुण भनेकै सबैलाई सम्मान व्यवहार गर्ने हो। यो काम लाग्छ, यो सँग नजिक हुनु पर्छ, यो काम लाग्दैन यसलाई टाढा राख्नु पर्छ भन्ने नै छैन। उहाँको समिप्यमा आएको मान्छे जो सुकै किन नहोस् प्रेम पूर्वक प्रस्तुत हुनुहुन्छ ।

५) कहिलेबाट साथी बन्नु भो पहिलो भेट सम्झनु पर्दा ?
साथी भएको त दस वर्ष जति भयो। पहिला अलिअलि हाई-हेल्लो हुन्थ्यो पछि उहाँको “पिरतीको डोरी बाटौँला” भन्ने गीतको भिडियोमा मलाई अभिनय गर्ने अवसर दिनुभयो अनि हामी नजिक बन्दै धेरै नजिक भयौ। पहिलो भेट यही दिन यस्तो भन्ने त थाहा छैन तर त्यति बेला मालाश्री स्टुडियो र कृष्ण फिल्म एउटै भवनमा थियो लोकसम्बन्धी धेरै कलाकारहरूको जमघट हरेक दिन त्यही भवनको बाहिरपट्टि लाग्ने गर्थ्यो कि सुरुसुरुमा नयाँ मान्छेसँग उहाँ नि धेरै नबोल्ने म नि त्यस्तै तर हामी नमस्कार हात मिलाउने भने गर्थ्यौ।

र अन्त्यमा,

-अन्त्यमा त्यस्तो भन्नु केही छैन जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला भन्न चाहन्छु र हिमाल पोस्टलाई धन्यवाद राजु ढकालबारे केही कुरा बोल्ने अवसर दिनु भएकामा ।