राजसंस्था र प्रचण्डको छानबिन गर्न कमल थापाको माग - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राजसंस्था र प्रचण्डको छानबिन गर्न कमल थापाको माग



चितवन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालबाट राजसंस्था हटाउन भूमिका खेलेको र त्यसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रयोग भएको दाबीको छानबिन हुनुपर्ने माग गरेका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै थापाले सर्वदलीय उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लाद्नका लागि बाह्य शक्तिको हस्तक्षेप भएको घटनाको गम्भीर ढंगले छानबिन हुनुपर्ने उनको भनाइ थियो ।