राजनीतिक प्रतिवेदन छापिने गरी के भयो सहमति ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राजनीतिक प्रतिवेदन छापिने गरी के भयो सहमति ?



नेकपाभित्र थुप्रै मतभेद र बिबाद देखिएको बेला एउटा बिबादको चुरो भने समाधान भएको छ । १३ महिनापछी दुई अध्यक्षको टाउको दुखाई बनेको नेकपा को राजनीतिक दस्तावेज छापिने भएपछी यो बिषय समाधान हुने भएको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राजनीति प्रतिवेदन सोमबार सार्वजनिक गर्ने सहमति भएको छ।

जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आइतबार बालुवाटारमा लामो छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीच पटक पटक यसबारेमा छलफल भएको र आइतबारको छलफल सहमतिमा पुगेको नेकपा स्रोतको भनाइ छ । एक वर्षअघिनै राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफूहरुले चाँडै टुंगो लगाउने बताएका थिए । यसबीचमा नेकपामा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहससमेत चलेको थियो ।

योसँगै पार्टी एकताको महत्वपूर्ण काम पूरा गरेको बताए। राजनीतिक प्रतिवेदन नहुँदा कुन नेताले भनेको पार्टीको लाइन हो, पार्टीको नीति र विधि के हो भन्ने कुरामा देखिएको द्वुविधा अन्त्य भएको प्रचण्डको भनाइ छ।

उनले पार्टी एकताको घोणा गर्दा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुनेछ भनेर घोषणा गरिएको र त्यसमा विचार राजनीति र नेतृत्वको निर्णय सहमति र समझदारीबाट गर्ने सहमति भएको बताए।

उनले एकताको महाधिवेशन एकताको मात्रै हुने र त्यसमा बहुमत अल्पमतको कुरा नहुने पनि स्पष्ट पारेका छन्।