पूर्व पश्चिम राजमार्ग खुल्यो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पूर्व पश्चिम राजमार्ग खुल्यो



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द रहेको पूर्व पश्चिम राजमार्ग खुला गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५ बजे टिप्परको ठक्कर बाट घाइते भएका ६ वर्षीय बालक सुभम बस्नेतको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि स्थानीयहरूले केही समय सडकमा चक्काजाम गरेका थिए ।

मृतक बालकका आमाबाबु रोजगारीको सिलसिलामा भारतको बेङ्ग्लोरमा रहेका छन् । आमाबुबा आएपछि शव बुझ्ने भन्दै शव लाई नेपालगन्ज अस्पतालको आइसियु मै राखिएको मृतका आफन्तले जनाएका छन् । पीडित र पिडक बिचका आफन्तीहरुबिच सहमति भए सङ्गै सवारी साधन चलेका थिए ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ क ३२८ नम्बरको टिप्परले बाटो काट्ने क्रममा ठक्कर बालकलाई ठक्कर दिएको थियो । मृतक बालकका आफन्तहरूले टिप्पर चालकलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले जाहेरी नआएको बताउँदै कानुन अनुसार कारबाही गरिने बताए ।