तनाबग्रस्त बनेको पुर्व पश्चिम् राजमार्ग खुल्यो

काठमाडौं -कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु पछी बन्द गरिएको पुर्व पश्चिम् राजमार्ग भर्खरैबाट खुल्ला भएको छ ।
पडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भएपछी अवरद्ध राजमार्ग खुलाइएको हाम्रा सहकर्मी विशाल पाण्डेयले जनाएका छन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको थियो ।

