बेल्जियमकी राजकुमारी नेपाल आउंदै - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बेल्जियमकी राजकुमारी नेपाल आउंदै



काठमाडौं– परराष्ट्रमन्त्रालयले बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएको छ ।

उनी नेपाल भ्रमणमा बेल्जियमको सहयोगमा सन्चालनमा रहेको दामियन फाउन्डेसनको निमन्त्रणामा आउन लागेकी हुन् ।

उनले नेपालमा राष्ट्रपति विद्या भण्डारी तथा अन्य उच्च अधिकारीलाई भेट्ने छिन् । तर, चितवन जाने कार्यक्रम रहेको बताइएको छ ।

उनीसँगै उनका पति लरेन्ज पनि नेपाल भ्रमणमा आउँदैछन् ।

बेल्जियमकी राजकुमारीको यो भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने परराष्ट्रय मन्त्रालयले विश्वास लिएको छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।