लोकतन्त्र रक्षाको लागी कांग्रेसको जित आवश्यक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लोकतन्त्र रक्षाको लागी कांग्रेसको जित आवश्यक



              अब्दुल रज्जाक
क्षेत्र नं १ रुपन्देहीबाट प्रतिनिधि सभाको उमेद्धवार

रुपन्देहीको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उमेद्धवार हुनुभएको छ, चुनाव जित्नुहुन्छ त“ ?
म चुनाव जित्छु । चुनाव जित्नेमा ढुक्क पनि छु, जनता मलाई मत दिनको लागि तयार हुनुहुन्छ । म किन जित्छु भने म नेपाली जनताको सुख –दुखमा, घरदैलोमा, समस्यामा, पिरमर्कामा, जनता संघ मैले जतिबेला पनि जनप्रतिनिधि भएर, सेवक भएर काम गरेको छु त्यसैले जनताले त्यो कुरा राम्रोसंग बुझेको छ । यो क्षेत्रमा मैले एउटा गुरुयोजना नै बनाएर विकास निमार्ण प्रक्रिया अगाडि बढाएको छु । एक नं क्षेत्र दुई सय ४७ क्षेत्रमध्ये एउटा मात्र क्षेत्र होला जुन विकासको प्रक्रियाहरुमा धेरै नमुना क्षेत्र बनाउनको लागि अगाडि बढाएको छु ।

तपाईले चुनाव जित्ने आधारहरु के–के हुन् ?
मैले क्षेत्र नं १ मा विकास निमार्णका कामहरु धेरै अगाडि बढाएको छु । सम्पुर्ण बाटोहरु, नदिखोलामा पुलहरु जनताको आवश्यकता संघ सम्बन्धित ठाउ“हरुको विकासको लागि मैले धेरै योजना अगाडि बढाएको छु । त्यति मात्र होइन म चाहि निर्वाचित भइसकेपछि जनताको प्रत्यक्ष सरोकारमा बस्ने, जनताले बोलाएको ठाउ“मा जाने, जनताले भनेको कामहरु गर्ने र जनतालाई नै भगवानको रुपमा मानेर, जनता नै मालिक हुन, जनतालाई अगाडि सारेर, प्रतिनिधि भएर र जनताको सेवक भएर काम गरेको छु त्यसकारण मैले चुनाव जित्ने आधारहरु धेरै छन् ।

तपाई सांसद भएपछि यस क्षेत्रलाई के उपलब्धि भयो ?
पहिलो कुरा त म प्रतिनिधिको सदस्य भइसकेपछि मैले यो क्षेत्र हाम्रो हो, दक्षिणको इण्डियाको बर्डर देखि पाल्पाको बर्डरसम्म पुर्वमा नवलपरासीको सिमाना सम्म घेरिएको भौगलिक दृष्टिकोणले ठुलो क्षेत्र हाम्रो छ । त्यो क्षेत्रमा मैले एउटा तलदेखि माथीसम्मको एकै किसीमको विकास गरेको छु । जुन पहाडी भेगहरु छ, जुन तराईको बर्डरको एरिया छ , कुनै पनि ठाउ“ बाकी छैन ज“हा मैले विकास निमार्णको कार्यक्रमहरु अघि सारेको छैन । सबै ठाउ“मा मैले गरेको छु । जनतालाई नै थाहा अब्दुल रज्जाक विकास गर्ने मान्छे हो भनेर र मैले पनि विकास निमार्णको काम त्यहि किसीमको गरेको छु ।

अहिलेको निर्वाचनमा तपाईको चुनावी एजेण्डा के हो ?
मैले भनिसके अहिलेको निर्वाचनमा क्षेत्र नं १ लाई नमुना क्षेत्र बनाउने, यो क्षेत्रको सम्पुर्ण किसानको खेतमा पानी पु¥याउने, मल बिजको व्यवस्था गर्ने, कृषिको बिमा सम्बन्धी कार्यक्रमहरु ल्याउने, कृषिमा आत्मनिर्भर बनाउने, दुध र तरकालीको बजारहरुलाई व्यवस्थापन गर्ने, तरकाली र दुधको उत्पादनलाई १ नं क्षेत्रमा आत्मनिर्भर बनाएर अरुमा जिल्लामा निर्यात गर्ने त्यो किसीमको कार्यक्रमहरु अगाडि ल्याउने छु । रोजगारीको लागि रोजगारी सृजना गर्नेछु र उद्योगको कोरिडार एक नं क्षेत्र बनेको छ, रुपन्देहीका जिल्लाको पुर्वि भाग १ नं क्षेत्र देशकै औद्यौगिक क्षेत्र बनेको छ, त्यो कोरिडोर व्यवस्था गर्नेछु कोरिडारको लागि, सम्बन्धित आवश्यकताहरु मैले पुर्ति गर्नेछु ।

१ नं क्षेत्रको युवाहरुको लागि प्राविधिक र बैज्ञानिक शिक्षाको एउटा ठूलो बिद्यालय खोल्नेछु, यो किसीमले मैले यहा“को युवाहरुलाई विदेश जानबाट निरुत्साहित गर्नेछु । पर्यटनको लागि पर्यटकीय क्षेत्रको लागि मैले महत्वकाक्षीं योजनाको लागि पेटवानियामा रोहिणी र कजरार नदि बाधेर त्यसमा ३ किलोमिटर पानी स्टोरेज गरेर ढुङ्गा हालेर, पर्यटकलाई भित्र्याउने, त्यहि हजारौ युवालाई रोजगारी दिने किसीमको योजना आएको छ, त्यो किसीमको मैले गरेको कामहरु पुलहरु, बाटोघाटोहरु, झोलुङ्गे पुलहरु, सिंचाईको साधनहरु, स्वास्थ्य चौकीहरु, मन्दिरहरु जम्मै निमार्णका कामहरु गरेको सबै जनतालाई थाहा छ, त्यसकारणले मलाई दिने आधार मैले गरेको विकास हो भन्ने लाग्छ ।

यो एजेण्डा तं यसअघि पनि ल्याउनुभएको थियो, फेरि पनि दोहोरियो नि ?
म चाहि जनप्रतिनिधि भइसकेपछि मलाई २, ३ वर्ष मात्र काम गर्न मिल्यो र मैले निमार्णधिन गरेको कामहरु धेरै अधुरा छन् । भर्खर निमार्णधिन भएको छ र अहिले चाहि धेरै काम गर्न बाकी छ, म पहिला पनि घोषणापत्र मार्फत जनताको माझ गएको थिए । त्यसमा ७५ प्रतिशत काम भइसकेको छ । २५ प्रतिशत काम बाकी छ । बाकी काम पनि निमार्णधिन अवस्थामा छ । त्यसकारणले त्यो पुरा गर्नको लागि अरु काम गर्न र थप प्रतिबद्धताहरु छन् त्यसलाई यो क्षेत्रमा लागु गर्न मैले उमेद्धवारी दिएको हो ।

प्रदेश विभाजनको तपाइको भुमिकाले चुनावमा अप्ठ्यारो पर्छ भनिन्छ नि ?
मलाई चाहि यो एउटा आरोप हो, जुनबेला चाहि संविधान सभाको लागि नागरिक सम्बद्ध समितिबाट म जनताको बिचमा विचार लिन आए । त्यतिखेर मैले एक ठाउ“ मात्र होइन जब की नागरिक सम्बन्ध समितिबाट एक ठाउ मात्रै जनताको अभिमत लिने नागरिक सम्बन्ध समितिले मलाई माइन्युट दिएको थियो । मैले उत्तर दक्षिण दुबै लिए, म दक्षिणमा जादाखेरि मलाई तार्गेट गरेर माइक भाचियो, पुलिस प्रशासनले लाठिचार्ज समेत ग¥यो, ६ महिना मेरो पुत्ला जलाहियो, त्यतिखेर मधेशको आन्दोलन हुदाखेरि लुम्बिनी अंचल अखण्ड गर्नुहुदैन, भन्दा कोही नेता बोल्ने हिम्मत गरेको थिएन, तत्कालिन नेताहरुले कसैले बोल्ने हिम्मत गरेका थिएनन् ।

अहिले आएर संविधान बनिसकेपछि हामीले त्यतिबेला पनि भनेका थियौ जुन मुद्धाहरु छुटेका छन् त्यसलाई सम्बोधन गर्ने, सबैलाई संविधान स्विकार्य गराउने, र हाम्रो त्यतिबेलाको नै संकल्प थियो, त्यतिबेला तत्कालै दुई बुदा संशोधन ग¥यौ, एउटा निर्वाचन क्षेत्रको जनसंख्याको आधारमा र अर्को समावेशी समानुपातिक रुपमा, जबचाहि नेपाल सरकारले संशोधन ल्याए, त्यो ल्याउनु हुन्थेन, ल्याइसकेपछि म एउटा पार्टीको सभापतिको हैसियतले नेपाली जनताको जिम्मेदार प्रतिनिधि भएकाले मैले यदि देशको समस्या समाधान हुन्छ भने, देशले निकाश पाउछ भने, म शंसोधनको पक्षमा छु भनेको, मैले टुक्राउन भनेको होइन, टुक्राउने नै हो भने अहिले पनि नवलपरासीलाई पहाड र मधेश टुक्र्याइएको छ त्यसकारण यो राजनितिक एजेण्डा हो खाली भोटको लागि हो, नवलपरासीको पहाड र मधेश टुक्राउने अनि आफु पनि त्यसैमा दस्खत गर्ने त्यो किसीमको एउटा प्रपोगाण्डा मच्चाएर समस्या समाधान गर्न नदिने, आज मैले पनि हेरिरहेको छु, अहिले सबै पार्टीहरु चुनावमा भाग लिएका छन्, त्यहि बातावरण बनाउनको लागि मैले यदि देशको समस्या समाधान हुन्छ भने यो समाधान गर्नुपर्छ, सबैलाई जिम्मेदार बन्नुपर्छ भनेर भनेको हो ।

यदि म विभाजनको पक्षमा हो भने रुपन्देही जिल्लामा कुन नेताको ६ महिनासम्म पुत्ला जलाइएको हो । किन जलाइएको हो, मलाई किन तार्गेट गरियो, म चाहि सत्य बोल्ने मान्छे हो, सत्यको पक्षमा हुने मान्छे हो, मलाई त्यो किसीमको आरोप लगाउने मान्छेहरु आफै देशलाई अशान्त गर्ने, राष्ट्रियताको नाममा देशमा बवाल मच्चाउने, मलाई त्यस्ता मान्छेहरुले भनेका छन् जसको दुनियामा पार्टीको नेता पनि एउटै हुन् माक्र्स र लेलिन, झण्डा र नारा पनि एउटै हो, मलाई यस्तो आरोप लगाउने मान्छेहरु जनताहरु आफै बुझेका छन् ।

बामएकता र निर्वाचन क्षेत्र पुन संरचना भएको अवस्थामा चुनाव जित्न सक्नुहुन्छ त ?
बामएकता जुन किसीमले भएको छ, सबै नेपाली जनताले बुझेको छ, उहा“हरु लोकतान्त्रिक गणतन्त्रलाई सिढी बनाएर जनवादमा जान खोज्नुभएको छ । नेपाली जनता जतिखेर पनि लोकतन्त्रको पक्षमा छ, लोकतन्त्रवादी भएकै कारणले सच्चिएकै कारणले पहिला जनताले एमाले र माओवादीलाई मत दिएको हो त्यसकारण मलाई लाग्दैन नेपाली जनताले उहा“हरुलाई मत दिनेछन् । मेरो जनता संघ जुन किसीमको सम्बन्ध छ, त्यसमा मेरो आफ्नै किसीमको भावानात्मक सम्बन्ध छ, सत्यता पनि चुनाव जित्ने एउटा कारण हुन्छ, त्यो काम मैले जनताको लागि गरेको छु । जनताले पनि मलाई जानेको, बुझेको पनि छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा क्षेत्र नं १ को जनतालाई म के भन्न चाहन्छु भने पा“च वर्षको समय केही होइन, मैले विकास निमार्णका काम अगाडि बढाएको छु, लोकतन्त्रलाई संस्थागत गर्नको लागि संविधानलाई कार्यान्वयन गर्नको लागि देश आर्थिक समृद्धितिर जादैछ, प“ाच वर्षमा क्षेत्र नं १ लाई नमुना क्षेत्र बनाउने छु, कृषि पर्यटन,सिंचाई, उद्योग र रोजगारी सृजना गर्नेछु । मलाई पाच“ वर्षको समय दिनुहोस् भन्न चाहन्छु ।

प्रस्तुती
मिना पौडेल
देवदह, रुपन्देही