राजीव जैन बने नेपालका प्रथम करोडपति - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

राजीव जैन बने नेपालका प्रथम करोडपति



काठमाडौँ – नेपाली रियालिटी सो ‘को बन्छ करोडपति’बाट पहिलो करोडपति बन्ने सौभाग्य विराटनगरका राजीव जैनले पाएका छन् ।

फ्रेन्चाइज सो ‘को बन्छ करोडपति’को प्रथम सत्रको ४१ औँ शृङ्खला राजीव जैन करोडपति बनेका हुन् । ४१ औँ शृङ्खलामा उनले १३ वटा प्रश्नको जबाफ मिलाउँदै २५ लाख जितेका थिए । हुटर बजेर उनी ४२ औं शृङ्खलामा पुगे ।

४२औँ शृङ्खलामा उनले बाँकी दुई १४औँ र १५औँ प्रश्नको पनि जबाफ मिलाएर पहिलो सिजनमा करोड रुपैयाँ जित्ने पहिलो सहभागी  बने ।

उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामः हट सिटमा बस्न पाएनन् । तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे । र, करोड जितेर इतिहास पनि रचे ।

को बन्छ करोडपति नेपालमा यही वर्ष सुरु भएको हो ।