२०७६ जेष्ठ ११, शनिबार

राजेशपायल राई र सन्तोष राज भारतको मुम्बईतर्फ प्रस्थान

August 9, 2018
155 Views

काठमाडौं । नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राई तथा पछिल्लो समय चर्चामा रहेका संगीतकार सन्तोष राज भारतको मुम्बईतर्फ प्रस्थान गरेका छन् । लाग्छ, राजेशपायल किन मुम्बई हिँडे ? नेपाली कलाकारहरु मूम्बई जानेवित्तिकै बलिउडको सपना बोकेर त्यता लागे भन्ने एउटा मानसिकता नै बसेको छ । तर, यी गायक तथा संगीतकार आफ्नो महत्वकांक्षी एल्बम ‘दर्शन नमस्ते’ को चौँथो सिरीज तयारी गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् । गायक राईसंगै नेपाली सांगीतिक आकासमा उदायमान संगीतकार सन्तोष राज समेत भारत प्रस्थान गरेपछि नेपाली सांगीतिक जगतमा चर्चापरिचर्चा सुरु भएको छ ।

‘अब चाँडै दर्शक श्रोतालाई दर्शन नमस्ते–४’ पस्कनेछु’ मुम्बई हिड्नअघि गायक राईले भने, ‘यसपटक दर्शन नमस्तेका गीतहरु फरक स्वादमा पस्कने प्रयास गर्दैछु ।’ नेपालमै पनि स्तरिय रेकर्डिङ स्टुडियोहरु भएर पनि किन उता नै जानुपर्‍यो त ?, ‘राई इज किङ’ रुपमा समेत चर्चित राजेशपायलले भने, ‘त्यो त हो तर, यसपटक मुम्बईमै गीत रेर्कड गर्ने मनशाय भयो । नेपालमा स्तरिय स्टुडियो नभएरचाहिँ होइन ।’ तैपनि उनले काठमाडौंका स्टुडियो र मुम्बईको स्टुडियोमा रेकर्डिङ गरेका गीतमा केही फरक तथा भिन्नता आउने बताए ।

‘दर्शन नमस्ते -४’का गीतहरु मुम्बईमा रेकर्डिङ भएपनि संगीतकारहरु भने नेपालकै रहने भएका छन् । ‘दर्शन नमस्ते–४’का गीतहरु मुम्बईस्थित लत्ता मंगेस्कर स्टुडियोमा रेर्कडिङ हुनेछ । उक्त एल्बमका गीतहरु रेकर्डिङलगत्तै राजेशपायल म्युजिकल वल्र्ड टुरमा निस्किने भएका छन् । आफ्नो सांगीतिक टुर २१ अगस्टमा अबुधावीबाट सुरु हुने यी मेगास्टारले बताए ।

Facebook Comments

सम्बन्धित खवर

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने
राजनीति
0 shares8 views
राजनीति
0 shares8 views

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने

himal post - २०७६, ११ जेष्ठ २०:२३

बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको…

भारतमा लोकसभा विघटन
अन्तराष्ट्रिय
0 shares5 views
अन्तराष्ट्रिय
0 shares5 views

भारतमा लोकसभा विघटन

himal post - २०७६, ११ जेष्ठ २०:१४

काठमाडौं - भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७…

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा
अन्तराष्ट्रिय
0 shares17 views
अन्तराष्ट्रिय
0 shares17 views

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा

himal post - २०७६, ११ जेष्ठ १९:५९

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका…