राजेशपायल राई र सन्तोष राज भारतको मुम्बईतर्फ प्रस्थान - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

राजेशपायल राई र सन्तोष राज भारतको मुम्बईतर्फ प्रस्थान



काठमाडौं । नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राई तथा पछिल्लो समय चर्चामा रहेका संगीतकार सन्तोष राज भारतको मुम्बईतर्फ प्रस्थान गरेका छन् । लाग्छ, राजेशपायल किन मुम्बई हिँडे ? नेपाली कलाकारहरु मूम्बई जानेवित्तिकै बलिउडको सपना बोकेर त्यता लागे भन्ने एउटा मानसिकता नै बसेको छ । तर, यी गायक तथा संगीतकार आफ्नो महत्वकांक्षी एल्बम ‘दर्शन नमस्ते’ को चौँथो सिरीज तयारी गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् । गायक राईसंगै नेपाली सांगीतिक आकासमा उदायमान संगीतकार सन्तोष राज समेत भारत प्रस्थान गरेपछि नेपाली सांगीतिक जगतमा चर्चापरिचर्चा सुरु भएको छ ।

‘अब चाँडै दर्शक श्रोतालाई दर्शन नमस्ते–४’ पस्कनेछु’ मुम्बई हिड्नअघि गायक राईले भने, ‘यसपटक दर्शन नमस्तेका गीतहरु फरक स्वादमा पस्कने प्रयास गर्दैछु ।’ नेपालमै पनि स्तरिय रेकर्डिङ स्टुडियोहरु भएर पनि किन उता नै जानुपर्‍यो त ?, ‘राई इज किङ’ रुपमा समेत चर्चित राजेशपायलले भने, ‘त्यो त हो तर, यसपटक मुम्बईमै गीत रेर्कड गर्ने मनशाय भयो । नेपालमा स्तरिय स्टुडियो नभएरचाहिँ होइन ।’ तैपनि उनले काठमाडौंका स्टुडियो र मुम्बईको स्टुडियोमा रेकर्डिङ गरेका गीतमा केही फरक तथा भिन्नता आउने बताए ।

‘दर्शन नमस्ते -४’का गीतहरु मुम्बईमा रेकर्डिङ भएपनि संगीतकारहरु भने नेपालकै रहने भएका छन् । ‘दर्शन नमस्ते–४’का गीतहरु मुम्बईस्थित लत्ता मंगेस्कर स्टुडियोमा रेर्कडिङ हुनेछ । उक्त एल्बमका गीतहरु रेकर्डिङलगत्तै राजेशपायल म्युजिकल वल्र्ड टुरमा निस्किने भएका छन् । आफ्नो सांगीतिक टुर २१ अगस्टमा अबुधावीबाट सुरु हुने यी मेगास्टारले बताए ।