राजेश हमाल र क्याप्टेन विजय लामा पनि चुनाव लड्ने - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

राजेश हमाल र क्याप्टेन विजय लामा पनि चुनाव लड्ने



नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले आउँदो संसदीय निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेका छन् । कलाकारीतामा निकै सफल मानिएका राजेश हमालले राजनितिक यात्रा सुरु गर्ने तयारी गरेको बताइएको छ ।

पछिल्लो समय अन्य क्षेत्रमा सफल भएका व्यक्तिहरू राजनितिमा होमिन थालेका छन् । कलाकारहरू पनि एकपछि अर्को गर्दै राजनितिमा आइरहेका बेला हमालले राजनितिक यात्रा गर्न थालेका हुन् ।

बिहिबार मात्रै पत्रकारिता छोडेर राजनितीमा होमिएका रवी लामिछनेले चुनावी तयारी थालेका छन् । हमालको भने यसअघि पनि पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्।

हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत र राजनितिक बृत तरंगीत भएको छ। उनले कुन स्थानबात्ट चुनाव लड्ने भन्नेमा परामर्श गरिरहेको बुझिएको छ ।

हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।

यस्तै निकै चर्चीत क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी गरेका छन् । विजय लामा पनि जनताले रोचाएको नाम हो ।