राजेन्द्र र कल्पनाले “मरक्कै कम्मर भाचिन्छ” भन्दै सबैलाई नचाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजेन्द्र र कल्पनाले “मरक्कै कम्मर भाचिन्छ” भन्दै सबैलाई नचाउने



कैलाली । गायक राजेन्द्र बिष्ट र गायिका कल्पना बि.सी.ले यसपालीको तीजमा मरक्कै कम्मर भाचिन्छ भन्दै सबैलाई नचाउने भएका छन । मारुनी डिजिटल रेकर्डीङ्ग स्टुडियोमा तीज गीतको अडियोको काम सकिए संगै गीत बाहिरीने पक्का भएको हो । लोकू सिंह ठकुरीले सृजना गर्नु भएको गीतमा राजेन्द्र बिष्टको लय तथा राजेन्द्र बिष्ट र कल्पना बि.सी.को स्वर रहेको छ ।

यस गीतको बिषयमा सर्जक ठकुरीले भने,“गर्न त पहिला पनी तिज गीतहरु गरियो अलिकती आधुनीक शैलीका थिए, ती गितहरुलाई पनी सबैजनाले मन पराईदिनु भएको थियो । यस पालीको गीत एकदमै लोक लयमा छ र छमछमी नाच्न मिल्ने खालको छ । बिश्वास छ सबैलाई अझै मनपर्ने छ । शब्द सृजना गर्नु भन्दा पनी लय गर्नु ठुलो कुरा हो जस्तो लाग्छ मलाई, राजेन्द्र जीले लय भर्नु भएको छ  । त्यस माथी कल्पना जीले निकै मिठो स्वर भरिदिनु भएको हुनाले एकदमै राम्रो छ ।” गीतको अडियोको काम सकिएको छ तर भिडीयो गर्न भने बाकी नै छ । भिडियोमा क–कस्लाई लिने भन्ने बिषयमा अहिले नै भन्न नसकिने गायक बिष्टले बताए । उनले थपे,“तिज आउन अझै धेरै बाकी छ त्यसैले बिस्तारै काम गर्दै छौ अडियोको काम सकिएको छ । अब केही दिनमा भिडियो निर्माण गरेर बजारमा सार्वजनिक गर्ने छौ । पहिलेका गीत जसरी नै यो गीतलाई पनी माया गरिदिनु हुने छ भन्ने आश लिएको छु ।” छौ

थुप्रै गीतमा स्वर दिइसकेकी गायिका बि.सी.ले यो गित गाउदा छुट्टै आनन्द आएको अनुभव सुनाईन,“गत बर्षहरुमा पनी राजेन्द्र जी संग तिज गीतहरु गरीयो तर यो गित गाउदा एक किसिमको छुट्टै आनन्दको फिल गरे, एकदम टिपिकल शैलीमा छ, जस्ले पनी सजिलै गाउन र नाच्न सक्ने खालको छ । तीज अवधीभर सबैको मुखमा झुण्डीन्छ जस्तो लाग्छ यो गीत, हुन त हामीले यस्तो त्यस्तो भन्नु भन्दा पनी दर्शक स्रोतले हो मुल्यांकन गर्ने, अब भिडियो बन्दै छ, सबै जनाले हेर्नु होला, सुन्नु होला र कमेन्ट गरिदिनु होला भन्न चहान्छु ।”

यो गित हेर्न र सुन्नको लागी अब केही दिन कुर्नुपर्ने छ । दृश्य निर्माणको लागी बि–स्टार फिल्मसलाई जिम्मा दिने भनिएता पनी अहिले नै पक्का भई नसकेको निर्माण पक्षले जानकारी दिएको छ । यो गितमा एरेन्ज भने केशव बडुको रहेको छ ।