राजेन्द्रले सुनितालाई 'मा कसम' भन्दै थारु गितमा नचाए पछि..(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजेन्द्रले सुनितालाई ‘मा कसम’ भन्दै थारु गितमा नचाए पछि..(भिडियो सहित)



बिशाल पाण्डेय / कैलाली ।

पछिल्लो समय लोकपप तथा दोहोरी गित गाएर चर्चा कमाउदै आएका गायक राजेन्द्र बिष्टले पहिलो पटक गाएको ” मा कसम मई तुहिन मन परईठु ” बोलको थारु गितलाई दर्शकले रुचाएका छ्न ।

राजेन्द्र बिष्टको आफ्नै शब्द ,संगित तथा स्वरमा रहेको उक्त म्युजिक भिडियो राजेन्द्र बिस्ट युटुब च्यानल मार्फत शुक्रबार सार्बजनिक गरिएको थियो ।

माया प्रेमलाइ दर्शाएको उक्त म्युजिक भिडियोमा निर्देशक बिवश चौधरीलाई अभिनयमा देख्न सकिन्छ भने बिवश सङ्गै सुनिता दहित र बिशाल चौधरीको पनि अभिनय रहेको छ ।

भिडियोको छायांकन तथा सम्पादन  रामु चौधरीको रहेको छ भने गितको मिक्सिङ्ग कुमार राना मगरले गरेका छ्न । केशब बडुले एरेन्ज गरेको भिडियोको मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।म्युजिक भिडियोको दाङ जिल्लाका विभिन्न ठाउँमा सुटिङ गरिएको छ । पहिलो पटक थारु गित गाएका राजेन्द्र बिष्टको गितले अझै सफलता पाओस हाम्रो पनि शुभकामना ।

हेर्नुहोस भिडियो :