गायक राजेन्द्र बिष्टको ‘नाचिन्छ’ बोलको तिज गित सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायक राजेन्द्र बिष्टको ‘नाचिन्छ’ बोलको तिज गित सार्वजनिक (भिडियो सहित)



बिशाल पाण्डेय / कैलाली ।

लोक तथा दोहोरी गायक राजेन्द्र विष्‍टले पछिल्लो समय साङ्गेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छ्न । त्यसै क्रममा यस वर्षको तीजलार्इ लक्षित गर्दै गायक बिष्टले ‘नाचिन्छ’ बोलको तीज गित शनिबार आफ्नो युट्युव च्यानल मार्फत बजारमा सार्वजनिक गरेका छ्न ।

लोकु सिंह ठकुरीको शब्द र गायक राजेन्द्र बिष्टको संगित र स्वर रहेको उक्त गितमा कल्‍पना बिसीले साथ दिएकी छन् ।

निर्देशक बिक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अन्जली अधिकारी, टिका जैशी, पउल विष्ट श्रवण र आर्य क्षेत्रीको अभिनय रहेको छ ।

प्रकाश खड्काको छायाकंन र पदम सुवेदीको सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई केशव बडुले एरेन्ज गरेका हुन् । म्युजिक भिडियोको मेगा पार्टी प्यालेसमा छायाकंन गरिएको हो भने गितलाई मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

हेर्नुहोस भिडियो :